February 3, 2026, Tuesday
२०८२ माघ २०

आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पेश भएका उम्मेदवारको बन्द सूचीबाट ७६ जनाको नाम हटाएको छ।

आयोगका अनुसार कानुनी तथा प्रक्रियागत कारण देखिँदा ती उम्मेदवारहरूको नाम सूचीबाट हटाइएको हो। हटाइएकामध्ये चार जना न्यूनतम उमेर नपुगेका, एक जनाको मतदाता नामावलीमा नाम नदेखिएको, २१ जना कालोसूचीमा परेको तथा १२ जनाले तोकिएको जरिवाना नतिरेको पाइएको छ। यस्तै, महिलाको कोटामा पुरुषको नाम समावेश गरिएको एक प्रकरणमा पनि नाम हटाइएको आयोगले जनाएको छ।

यसका अतिरिक्त प्रदेशतर्फको समानुपातिक बन्द सूचीमा समेत नाम रहेका २६ जना दोहोरो उम्मेदवारका रूपमा देखिएकाले उनीहरूको नाम पनि प्रतिनिधिसभातर्फको सूचीबाट हटाइएको जानकारी दिइएको छ।

आयोगले गत माघ ४ गते आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। कानुनअनुसार दलहरूले समानुपातिक प्रणालीतर्फ बढीमा ११० जनासम्मको बन्द सूची पेश गर्ने व्यवस्था छ, जसअनुसार सोही सङ्ख्याका उम्मेदवार निर्वाचित हुने प्रावधान रहेको छ।

सार्वजनिक प्रारम्भिक विवरणअनुसार समानुपातिक बन्द सूचीमा कुल ३ हजार २ सय १३ जनाको नाम समावेश गरिएको थियो। आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक दुई करोड आठ लाख ५४ हजार ८ सय मतपत्रको छपाइसमेत सम्पन्न भइसकेको जनाएको छ।

यी हुन् समानुपातिक सूचीबाट हटाइएको