राष्ट्रियसभा निर्वाचन : यी हुन् निर्वाचित १८ सांसद, कसले कति मत पाए ?

काठमाडौं : राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।
निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । १८ मध्ये एक पदमा भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भएका थिए । नेपाली कम्युनिस्ट पार्टीले उमेदवारी दर्ता नगराउँदा थापा निर्विरोध भएका हुन् ।
१७ सिटका लागि आइतबार (माघ ११) भएको निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । चुनावी तालमेलले कांग्रेसलाई ९ सिट फाइदा भएको छ ।
एमालेले कांग्रेससँग गठबन्धन गरेसँगै राष्ट्रियसभा सदस्यमा लाभ मिलेको हो । गठबन्धनबाट अन्तिम समयमा बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो विरासत जोगाउन सकेन । निर्वाचनमा तीन दलीय तालमेल हुँदा कोसीबाट थापा, सोमनाथ पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।
मधेसबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान र रंजित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । वाग्मती प्रदेशबाट गीता देवकोटा प्रेमप्रसाद दंगाल निर्वाचित भए । गण्डकीबाट सम्झना देवकोटा र जगत तिमिल्सिना निर्वाचित भए । लुम्बिनीबाट रामकुमारी झाँक्री, बासुदेव घिमिरे र चन्द्रबहादुर केसी निर्वाचत भएका छन् । कर्णालीबाट मीनासिंह रखाल, ललितजंग शाही निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।
अब राष्ट्रियसभामा फागुन २० गतेबाट दलहरूको स्थान परिवर्तन हुनेछ । यसअघि राष्ट्रियसभामा कांग्रेसका १६ सदस्य थिए । गत पुस ३० गते सांसद बलदेव बोहोराको निधनले १५ सदस्यीय छ ।
अब यो चुनावमा ९ जना थपिएसँगै राष्ट्रियसभामा कांग्रेस २४ सिट हुनेछ । ठूलो दल अब नेकपा १७ सदस्यमा झर्नेछ ।
मनोनीत सांसद अन्जान शाक्यसहित एमालेको ११ सदस्य हुनेछन्, राष्ट्रियसभामा । राष्ट्रियसभामा जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक सांसद हुनेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एक सांसद मनोनीत गर्नुपर्नेछ । बोहोराको निधनपछि रिक्त एक स्थानमा निर्वाचन गर्नुपर्ने छ ।
प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उमेदवारको मतपरिणाम सार्वजनिक गरेको छ ।
कसले कति मत पाए ?








प्रतिकृया दिनुहोस्