January 1, 2026, Thursday
२०८२ पुष १७

समानुपातिकमा ‘नयाँ’लाई उम्मेदवार बनाउने गर्‍यो कांग्रेसको निर्णय

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने निर्णय गरेको छ। पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको कांग्रेसले जनाएको हो ।

२०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमा नराख्ने निर्णय कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका हुन।

‘पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको छ,’ एक पदाधिकारीले भने, ‘२०६४, २०७०, २०७४ र २०७९ को चुनावमा समानुपातिक सांसद भएकालाई यसपालि सूचीमै नराख्ने निर्णय भएको छ। यसले नयाँ साथीहरूलाई अवसर मिल्छ।’

निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय भोलिसम्म छ। कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनाइरहेको छ, सोही क्रममा सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

क्षेत्र, जिल्ला, प्रदेशबाट समानुपातिक उम्मेदवार सूची सिफारिसमा युवाहरू पनि समावेश भएका छन्।

कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउनेपार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराएका छन्।

आइतबार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता महतले केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरुसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाउने बताए ।

समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्वपूर्ण काम भएको उनले बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको बताए ।