एमाले महाधिवेशनमा मतदान सुरू हुँदै, नेतृत्वका लागि ओली र पोखरेल प्रतिस्पर्धामा

काठमाडौँ : नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। पटकपटक सारेर आज बेलुकी सात बजेदेखि मतदान हुने भनिएता पनि महाधिवेशन प्रतिनिधिहरू भने लाइन बस्न थालेका छन्।
नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ। ११ औं महाधिवेशनमा एमालेको नेतृत्व (अध्यक्ष) का लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् ।
ओली र पोखरेल प्यानल नै बनाएर निर्वाचनमा भिड्न लागेका छन् । दुवै पक्षले आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन् । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।
मतदानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै महासचिवमा उम्मेदवारी दिएका शंकर पोखरेल र सुरेन्द्र पाण्डे पनि पुगिसकेका छन्।
उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी परेको छ। तीन उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।
९ सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ। जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी परेको छ।
एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।





प्रतिकृया दिनुहोस्