March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

पत्रकार पुनर्वहाली गर्न पत्रकार महासंघको चेतावनी

दिपायल भदौ ११(ई-रैवार): विनाकारण जागिरबाट निकालिएका पत्रकारलाई तत्काल पुनर्वहाली गर्न नेपाल पत्रकार महासंघले रेडियो नेपाललाई चेतावनी दिएको छ । महासंघको एक टोलीले मंगलबार रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई भेटेर यस्तो चेतावनी दिएको छ ।
अघिल्लो सोमबार रेडियो नेपालको सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्रमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्क्ष् चक्र कुँवरलाई विना कारण जागिरबाट निष्काशन गरिएको थियो ।
कार्यकारी निर्देशकलाई गम्भीर ध्यानाकर्षण गराउँदै महासंघले अझै पुनर्वहाली नगरे आफूहरु सडकमा जान बाध्य हुने चेतावनी दिएको हो । महासंघको श्रमजीवी हित प्रर्वद्धन समितिमार्फत आन्दोलनको चेतावनीसहित गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।
यता पत्रकारहरु जागिरबाट निकालिएपछि नेपाल पत्रकार महासंघ डोटी शाखाले विभिन्न आन्दोलनका कार्यक्रम गर्दे आएको छ ।