सुदूरपश्चिम महोत्सवको तयारी पुरा, उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने

धनगढी : सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । धनगढीमा सोमबारदेखि सुरु हुने आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सव २२ गतेबाट सुरु भई पुस २ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन भोलि दिउँसो (सोमबार) २ बजे अर्थमन्त्री रामेश्वर खनालले गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले जानकारी दिएका छन् ।
महोत्सव उद्घाटनअघि बिहान ११ बजे प्रभातफेरीको आयोजना गरिएको अध्यक्ष ओझाले बताए । अनुमानित २ करोड भन्दा बढीको लगानीमा उत्कृष्ट रुपमा महोत्सवमा सम्पन्न गरिने छ । महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ५ सय ५० जतिकोमासंख्याको स्टलहरु रहेका छन् ।
महोत्सवमा अपांग, बृद्ध, फरक क्षमता भएका व्यक्ति, संघका सदस्य व्यवसायीलाई निःशुल्क प्रवेश, खेलाडी तथा विद्यार्थीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको संघका सचिव प्रकाश चन्दले बताएका छन् । महोत्सवमा आउने दर्शकहरुका लागि रमाईलो मेला मुख्य आकर्षकको रुपमा फिलिपिन्सबाट ल्याइएको जलपरी रहेको उनले जानकारी दिए ।
महोत्सवमा स्थानीय परिकार, उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको कार्यकारी निर्देशक दिनेश ओझाले बताए ।




प्रतिकृया दिनुहोस्