एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ। जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो।
पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो।
पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।
यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।
पोखराको कप्तानी राष्ट्रिय टिमका ओपनर कुशल भूर्तेलले गरेका छन्।
टिममा खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।



प्रतिकृया दिनुहोस्