पाकिस्तानी क्रिकेटर बाबरले तोडे रोहितको रेकर्ड
- Eraibar
- २०८२ कार्तिक १५, शनिबार १०:३२
- 8 Shares

काठमाडौँ : पाकिस्तानी क्रिकेटर बाबर आजमले भारतीय खेलाडी रोहित शर्माको टी-२० अन्तर्राष्ट्रिय रनको रेकर्ड तोडेका छन्। बाबर टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
लाहोरको गद्दाफी रंगशालामा खेलिएको दक्षिण अफ्रिका विरुद्धको टी-२० खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९.२ ओभरमा ११० रनमै अलआउट भयो। जवाफमा पाकिस्तानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै खेल जित्यो।
यस खेलमा बाबर आजम ११ रनमा अविजित रहे। योसँगै बाबर आजमले आफ्नो टी-२० करियरमा चार हजार २३४ रन बनाएका छन्।
उनीपछि क्रमशः रोहित शर्मा (चार हजार २३१ रन), विराट कोहली (चार हजार १८८ रन), इंगल्याण्डका जोस बटलर (तीन हजार ८६९ र आयरल्याण्डका पल रोबर्ट स्टर्लिङ (तीन हजार ७१० रन) छन्।
- १७ बुँदे मागपछि नेकपा सुदूरपश्चिमभित्र घम्साघम्सी : मन्त्री नियुक्तिदेखि बजेटसम्म सांसदका प्रश्नैप्रश्न
- डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता
- सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह
- असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्यो
- सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति
-
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग
२०८३ भाद्र २६, शुक्रबार ११:५८





प्रतिकृया दिनुहोस्