झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला
- Eraibar
- २०८२ भाद्र ३०, सोमबार १०:१३
- 1 Shares

कञ्चनपुर : झन्डै एक सातादेखि भारत प्रवेशमा लगाइएको रोक हटाइएको छ। पश्चिमी नाका गड्डाचौकीबाट सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको हो।
जेनजी आन्दोलन सुरु भएसँगै नेपालीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको थियो। आइतबार बिरामी र अन्य आवश्यक कामका लागि जानेलाई मात्र अनुमति दिइए पनि सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
नाकामा आवतजावत सहज भएपछि नेपाल–भारत मैत्री बसहरू पनि सञ्चालन हुने भएका छन्। महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुनसम्म मैत्री बस सञ्चालन भइरहेका छन्। यसै गरी सीमावर्ती बजारमा किनमेलका लागि आवतजावत सुरु भएको छ।
-
कांग्रेसका मन्त्रीहरू छलफलमा, सामूहिक राजीनामा दिन सक्ने
२०८२ भाद्र २४, मंगलवार ११:२८ -
जेनजी प्रदर्शनको क्रममा घाइते भई मृत्यु हुनेको संख्या ३४ पुग्यो, यी हुन् ज्यान गुमाउने युवा (नामावली)
२०८२ भाद्र २६, बिहीबार १७:५५ -
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, मन्त्रीको गाडी तोडफोड
२०८२ भाद्र २४, मंगलवार ११:१७ -
प्रदर्शनकारीहरूले सर्वोच्च अदालतभित्रै छिरेर गरे तोडफोड र आगजनी
२०८२ भाद्र २४, मंगलवार १५:२९ -
शफत लगत्तै तिनै मन्त्रीले गरे पदभार ग्रहण, कुन मन्त्रीले के निर्णय गरे ?
२०८२ भाद्र ३०, सोमबार १४:०४
प्रतिकृया दिनुहोस्