April 17, 2026, Friday
२०८३ बैशाख ४

झन्डै एक सातादेखि रोक लगाइएको गड्डाचौकी नाकामा भारततर्फ आवतजावत खुला

कञ्चनपुर : झन्डै एक सातादेखि भारत प्रवेशमा लगाइएको रोक हटाइएको छ। पश्चिमी नाका गड्डाचौकीबाट सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको हो।

जेनजी आन्दोलन सुरु भएसँगै नेपालीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको थियो। आइतबार बिरामी र अन्य आवश्यक कामका लागि जानेलाई मात्र अनुमति दिइए पनि सोमबारदेखि पूर्ण रूपमा आवतजावत खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

नाकामा आवतजावत सहज भएपछि नेपाल–भारत मैत्री बसहरू पनि सञ्चालन हुने भएका छन्। महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुनसम्म मैत्री बस सञ्चालन भइरहेका छन्। यसै गरी सीमावर्ती बजारमा किनमेलका लागि आवतजावत सुरु भएको छ।