April 18, 2026, Saturday
२०८३ बैशाख ५

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई दलियो कालोमोसो

धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई कालोमोसो दलेको छ । नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख रामविचारी ठाकुरलाई कालोमोसो दलेको हो ।

भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको नेकपा बहुमत निकट युवा संगठनले बताएको छ । घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन। तर भिडिओ कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजलगायतबाट सार्वजनिक भएको छ। उक्त समूह धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग आबद्ध छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटना बिहीबारै दिउँसो १२ बजेतिरको रहेको जानकारी दिए। ‘उहाँमाथि दुर्व्यवहार भएको छ। उहाँले मलाई भन्नुभए अनुसार तीन जनाको समूहमा आएका मान्छेहरूले उहाँमाथि कालो लेदोसहितको पदार्थ फ्याँकेका छन्,’ उनले भने,‘भिडिओमै हामीले पनि हे¥यौँ। त्यसबाट को हुन परिचय खुल्दैन। सिसिटिभी फुटेज के कति उपलब्ध हुन्छन्। हेरेर अनुसन्धान हुन्छ।’