January 15, 2026, Thursday
२०८२ माघ २

आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, आज दुई खेल हुँदै

अहमदावाद । इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति भएको दोस्रो खेलमा मुम्बई गुजरात टाइटन्ससँग ३४ रनले पराजित भएको हो

गुजराविरूद्ध १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले ६ विकेट गुमाएर १६० रन मात्रै बनाउन सक्यो। यसअघि मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो।

भारतीय राष्ट्रिय टिमका कप्तानसमेत रहेका मुम्बईका ओपनर रोहित शर्मा चार बल खेलेर आउट भएका थिए। उनले ८ रनमात्रै बनाए। अर्का ओपनर रियान रिकेल्टनले ६ रनमात्रै बनाएर आउट भए। कप्तान हार्दिक पाण्ड्याले ११ रनमात्रै बनाए। नमन धीर र मिचेल सान्टनरले नट आउट १८र१८ रन बनाए।

त्यसअघि सूर्यकुमार यादवले २८ बलमा १ चौका र ४ छक्का हानेर ४८ रनको योगदान गरे। तिलक वर्माले ३६ बलमा तीन चौका र १ छक्का हानेर ३९ रन जोडे। अरू ब्याटरहरू टिक्न सकेनन्।

बलिङतर्फ गुजरातका मोहम्मद सिराज र प्रसिध कृष्णले दुईरदुई तथा कगिशो रबाडा र साइ किशोरले एकरएक विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १९६ रन जोडेको थियो। गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ६३ रन बनाए। उनले ४१ बलमा चार चौका र २ छक्का हाने।

अर्का ओपनर एवम् कप्तान शुभमन गिलले २७ बलमा चार चौका र एक छक्का हानेर ३८ रन बनाए। त्यसपछि सर्फेन रथरफोर्डले १८ रन बनाए। अन्य ब्याटरहरू टिक्न सकेनन्।

बलिङतर्फ मुम्बईका कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिएका थिए। त्यस्तै ट्रेन्ट बोल्ट, दीपक चाहर, मुजिब उर रहमान र सत्यनारायण राजुले एकरएक विकेट लिए।

गुजरातको यो पहिलो जित हो। यसअघि गुजरात पञ्जाब किंग्ससँग पराजित भएको थियो।

आइपिएलमा आज दुई खेल हुँदै

आइपिएलमा आज पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो ।

दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । हैदराबाद आज तेस्रो खेल खेल्दैछ ।

हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्समाथि विस्फोटक ब्याटिङका कारण विजयी भएको थियो ।दोस्रो खेलमा भने लखनउसँग खराब ब्याटिङका कारण पराजित भयो ।

हैदराबादका दुई विष्फोटक ओपनर अभिषेक शर्मा र ट्राभिस हेडलाई दिल्लीका तीव्र गतिका बलर मिशेल स्टार्कले रोक्न सक्छन् ।

स्टार्कले आइपिएल २०२४ को पहिलो क्वालिफायरमा दुई बलमा रनको खाता नखोल्दै हेडलाई आउट गराएका थिए । स्टार्कले अभिषेक शर्मालाई फाइनलमा २ रनको व्यक्तिगत योगफलमा आउट गराएका थिए ।

यदि स्टार्कले यसलाई निरन्तरता दिए भने कुलदीप यादव, अक्षर पटेल र मुकेश कुमारसहित दिल्लीको बलिङ युनिटका लागि ठूलो राहत हुनेछ ।

गत सिजन हेड र अभिषेकको आक्रामक इनिङका कारण हैदराबादले दिल्लीविरुद्ध पावर प्लेमा कुनै विकेट नगुमाई १ सय २५ रन बनाएको थियो । त्यो खेल दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा भएको थियो ।

तर, यस पटकको खेल विशाखापट्टनममा सरेको छ । जहाँ दिल्लीले लखनउविरुद्ध सानदार पुनरागमन जित हासिल गरेको थियो । यसैबीच, हैदराबाद पनि लखनउसँग नै पराजित भएको थियो ।

भर्खरै बाबु बनेका केएल राहुलले यसै खेलमा दिल्लीका लागि डेब्यू गर्ने सम्भावना छ । उनी कसको स्थानमा टिममा आउनेछन् त्यो भने हेर्न लायक हुनेछ । यो ब्याटिङ अनुकूल पिचमा दिउँसोको खेल हो । त्यसैले २ सय रन भन्दा बढी पहिलो पारीको स्कोर अपेक्षा गर्न सकिन्छ ।

आइपिएलमा पहिले ब्याटिङ गर्ने टिमले विशाखापट्टनममा ५० प्रतिशत खेल जितेको छ । आइपिएलको पहिलो इनिङ्समा पछिल्लो तीन खेलको रन १ सय ९१, २ सय ७२ र २‌ सय ९ रहेको छ ।

यि दुई टोलीबीच अहिलेसम्म आइपिएलमा २४ खेल भएका छन् । जसमा हैदराबादले १३ खेल जित्दा दिल्लीले १० खेल जितेको छ । विशाखापटनममा भने दिल्लीले खेलेका ८ मध्ये ४ मा जित र ४ मा हार बेहोरेको छ ।

आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स खेल्दै छन् ।

दुईबीचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दुवै टोलीले आज तेस्रो खेल खेल्दैछन् । चेन्नई दोस्रो जितको खोजीमा रहेको छ ।

चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा घरेलु मैदानमा १७ वर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।

राजस्थान भने अघिल्ला दुवै खेलमा पराजित भएकोले पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।

आइपिएलमा दुवै टोली हालसम्म २९ पटक आमने सामने भएका छन् । जसमा चेन्नई १६ तथा राजस्थान १३ खेलमा विजयी भएको छ ।