गाउँपालिकाको प्रत्येक वाडमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्दै जिल्ला प्रशासन

बोगटान । जिल्ला प्रशासन कार्यालय डोटीले बोगटान फुड्सिल गाउँपालिकाको प्रत्येक वाडमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने थालेको छ । शुक्रवार देखी गाउँपालिकाको प्रत्येक वडामा पुगेर जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ दर्ता गरिहेको हो ।
बोगटान फुड्सिल गाउँपालिकामा ६० वर्ष माथीका र शारीरिक रूपमा अशक्तहरु लाई राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ दर्ता गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका हुन ।
दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा थन्केर रहेका राष्ट्रिय परिचय पत्र लिन नआएकाहरूलाई पालिकामै गई प्रत्येक वडाबाटै वितरण, ६० वर्ष भन्दा माथिका र सामाजिक सुरक्षा भत्ता पाउनेहरूको नयाँ दर्ता कार्य शुक्रवार देखी बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ७ चवराचौतारा सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको टोली सातै वडामा खटाई परिचय पत्र वितरण तथा नयाँ दर्ता गर्ने कार्य गरिरहेको छ । प्रजिअ जोशीले भने- ‘शुक्रवार वडा नम्बर ७ चवराचौतारा र शनिवार वडा नम्बर ३ कानाचौरमा परिचय पत्र वितरण तथा नयाँ दर्ता गर्ने कार्य गरिएको छ ।’
टोलीले आईतवार वडा नम्बर १ सिमचौर, सोमवार वडा नम्बर २ केदारअखडा, मंगलवार वडा नम्बर ४ सातफरी, बुधवार वडा नम्बर ५ धिर्कामाण्डौ र फागुन १ गते बिहिवारका दिन वडा नम्बर ६ गगुडामा परिचय पत्र वितरण तथा नयाँ दर्ता गर्ने कार्य रहेको छ ।
प्रजिअ जोशीले भने- ‘जिल्ला प्रशासन कार्यालयमा विगत २ वर्षदेखी थन्केर रहेका राष्ट्रिय परिचय पत्र बोगटान फुड्सिल गाउँपालिकाको प्रत्येक वाडमै पुगेर वितरण भैरहेका छन् ।’
‘अफिसमा दुई हजार भन्दावढी राष्ट्रिय परिचय पत्र थन्केर रहेका छन् । यी राष्ट्रिय परिचय पत्र क्रमस बडिकेदार, सायल गाउपालिका लगायत दुर्गम पालिकाका वडामा वितरण अभियान चलाउछु । प्रजिअ जोशीले भने- ‘६० वर्ष माथीका र शारीरिक रूपमा अशक्त नागरिकको नयाँ दर्ता गर्ने काम पनि हुन्छ ।’

प्रतिकृया दिनुहोस्