कञ्चनपुरमा दुई जना मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ बडुवाल टोल र कृष्णपुर नगरपालिका वडा नम्बर ६ गजरौलाका एक र एक जनागरी दुई जना मृत फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिएका हुन्।
बडुवाल बिहीबार मृत फेला परेको हुन। उनको शवलाई पोष्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ।
यस्तै, कृष्णपुर नगरपालिका वडा नम्बर ६ गजरौलाका ६७ वर्षीय कृष्ण लुहार मृत फेला परेका छन्। प्रहरीले लुहारको शवलाई सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिको जनाएको छ।
दुवै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी जोशीले जानकारी दिएका छन्।





प्रतिकृया दिनुहोस्