जनप्रतिनिधिबाटै कुटिए प्रमुख प्रशासकीय अधिकृत : टाउकोमा तीन टाँका, तीन जना पक्राउ

डडेल्धुरा । जनप्रतिनिधिबाटै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो ।
कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशी घाइते भएको कुटपिट भएको नगरपालिकाका प्रमुख भरत बढाएर जोशीले जानकारी दिएका हुन । प्रमुख भरत बढाएर जोशीका अनुसार बिहीबार नगरपालिकाको बैठकमा विवाद हुँदा जोशीमाथि जनप्रतिनिधिबाटै कुटपिट भएको हो
अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार परशुराम नगरपालिकाको कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेका छन् ।
तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। कार्यपालिका सदस्यहरुले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन् । माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
बैठकमा पनि उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।
घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्