आइसिसी विश्वकप : न्युजिल्यान्डले अफगानिस्तानलाई दियो दुई सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप २०२३ मा बुधबारको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई २ सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ८८ रन बनाएको हो ।
न्युजिल्यान्डका ग्लेन फिलिप्सले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कार्यवाहक कप्तान तथा विकेटकिपर टम लाथमले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रनको कप्तानी इनिङ खेले ।
एक समय ११०-४ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन लाथम र फिलिप्सले पाँचौं विकेटका लागि १ सय ४४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । यी दुबै ब्याटर नविन उल हकको ४८ औं ओभरमा आउट भएका थिए ।
न्युजिल्यान्डलाई ओपनर डेभन कन्वे र विल योंगले ६.३ ओभरमा ३० रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । कन्वे मुजिब उर रहमानको बलमा २० रनमा एलबीडब्लू आउट भए । तर दोस्रो विकेटका लागि विल योंग र रचिन रविन्द्रले ७९ रनको साझेदारी विशाल योगफलको सम्भावना देखाएका थिए ।
रविन्द्र ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उनी आजमतुल्लाह ओमरजाईको बलमा बोल्ड भएका थिए ।
त्यसै ओभरमा विल योंग पनि क्याच आउट भएका थिए ।
विल योंग ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । राशिद खानले डर्याल मिचेललाई १ रनमा क्याच गराएपछि न्युजिल्यान्ड १०९-१ को अवस्थाबाट ११०(४ को दयनीय अवस्थामा पुगेको थियो ।
तर त्यसपछि लाथम र फिलिप्सको शतकीय साझेदारीमा न्युजिल्यान्ड खेलमा फर्किएको थियो । मार्क च्यापम्यान १२ बलमा २ चौका र १ छक्कासहित २५ र मिचेल सान्टनार ७ रनमा नट आउट रहे ।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । नविन उल हकले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । राशिद खानले १० ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए ।





लेखकको सम्वन्धमा