August 17, 2026, Monday
२०८३ भाद्र १

मुम्बईमा गुडिरहेको रेलभित्र गोली चल्यो, ४ जनाको मृत्यु

मुम्बई । भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर गोली चलेको हो।

मुम्बईको भायन्दर र मीरा रोड स्टेशनको बीचमा रेल गुडिरहेका बेला गोली चलेको हो। रेलवे प्रोटेक्सन फोर्सका एक सुरक्षाकर्मीले आफूसँग भएको हतियारले गोली चलाएका हुन्। उनको गोली लागेर फोर्सका एक जना असई, दुई जना यात्रु र एक जना रेलमा काम गर्ने मानिसको मृत्यु भएको छ।

ती सुरक्षाकर्मीले किन गोली चलाए भन्ने खुलिसकेको छैन। प्रारम्भिक अनुसन्धान प्रहरीले उनको मानसिक स्वास्थ्यमा समस्या रहेको देखिएको बताएको छ।