पत्रकारलाई कुटपिट गरेपछि रास्वपाले निलम्बन गर्यो बझाङका संयोजक खड्कालाई

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ। रास्वपा महामन्त्री मुकुल ढकालले दिएको जानकारीअनुसार जिल्ला संयोजक खड्कालाई निलम्बन गरिएको हो।
जिल्ला संयोजक खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका थिए। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी थिए।
खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघलगायत संघ संगठनले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए।
ुपत्रकारमाथि हातपात गरेको भनी आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छु, उनले भने, ‘अनुसन्धान समितिले थप अनुसन्धान गर्दै छ। अनुसन्धानअनुसार पछि आवश्यक कारबाही गरिनेछ।’





प्रतिकृया दिनुहोस्