अछाम पहिरो अपडेट : पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो, अझै ११ जना बेपत्ता (नामावली सहित)

अछाम : अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ बर्षीय बिमला शाही, ४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही, १७ बर्षीय कल्पना शाही, १३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही, ३ बर्षीय कल्पना शाही, २१ बर्षीय भावना शाही रहेका छन् ।
कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी, १७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी, १५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ ।
यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोमा परी अझै ११ जना बेपत्ता रहेको जनाएको छ ।





प्रतिकृया दिनुहोस्