मन्त्री धामीको ‘इन्ट्रेस्ट’मा बिधि विपरित डिएफओ र सहायक वन अधिकृत सरुवा !

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्वाचन आयोगको निर्देशन लत्याउदै डिएफओ (डिएफओ, उपसचिव) र सहायक वन अधिकृतको सरुवा प्रक्रिया अघि बढाएको छ ।
मन्त्री मानवहादुर धामीको ‘इन्ट्रेस्ट’मा निर्वाचन आयोगको निर्देशन र प्रदेश सरकारको प्रदेश निजामती कर्मचारी सरुवा तथा बढुवा सम्बन्धी कार्यविधि विपरित सरुवा प्रक्रिया अघि बढाइएको स्रोतले दाबी गरेको छ ।
निर्वाचन आयोगले भदौ २ गते ५ बुँदे निर्देशन जारी गरी तीनतहकै सरकारमातहतमा रहेका कर्मचारीको सरुवा तथा पदस्थापन कार्य गएको सोमबार (भदौ २० गते) बाट रोकेको छ ।
तर, प्रदेश मन्त्रालयले मंगलबार मात्रै मन्त्रालयबाट डिएफओ र सहायक वन अधिकृतको सरुवाका फाइलहरू तयार गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पु¥याएको छ ।
‘प्रदेश निजामती कर्मचारी सरुवा तथा बढुवा सम्बन्धी कार्यविधि, २०७७’ अनुसार डिएफओको सरुवा मुख्यमन्त्री कार्यालय र सहायक वन अधिकृत(सातौ र आठौ तह)को सरुवा मुख्यमन्त्री कार्यालयको पूर्वस्वीकृतीमा सम्बन्धित मन्त्रालयले गर्ने व्यवस्था छ ।
यही कार्यविधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने सरुवा साउन १ गतेदेखि साउन मसान्तसम्म र विषयगत मन्त्रालयले कार्यालय रिक्त भएको पदमा भदौ १ देखि भदौ मसान्तभित्र सरुवा गर्नसक्ने व्यवस्था छ ।
तर यस्ता व्यवस्थालाई उलंघन गर्दै र निर्वाचन आयोगको निर्देशनको अवज्ञा गर्दै वन मन्त्रालयले सरुवा प्रक्रिया अगाडि बढाएको हो ।
यसमा मन्त्री धामी आर्थिक चलखेलबाट पनि प्रभावित भएको स्रोतको दावी छ । ‘आफूनिकटका डिएफओ र सहायक वन अधिकृतलाई मालदार क्षेत्रमा सरुवा गराएर त्यसबाफत पैसा असुली राख्नुभएको छ,’ मन्त्रालय स्रोत भन्छ,‘उहाँको पहिल्यैदेखि इन्ट्रेस्ट थियो । खै केके नमिलेर अहिलेसम्म रोकिएको थियो । मिलेपछि बिधि, प्रक्रिया र निर्वाचन आयोगको निर्देशनलाई माथ दिएर भित्रभित्रै सरुवा प्रक्रिया अगाडि बढाउनुभएको छ ।’
कति जनाको सरुवा प्रक्रिया अघि बढ्यो ? र कति जनाको फाइल मुख्यमन्त्री कार्यालय पुग्यो त्यो भने अझैं गुपचुप राखिएको छ ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका बम प्रेस स्वतन्त्रता, पत्रकार हकहित, सूचनाको हक अभियान, सुशासन प्रबद्र्धन र लोकतन्त्रका पक्षमा निरन्तर सक्रिय अभियान्ता हुन् । उनी रैबार मिडिया प्रा.ली.का अध्यक्ष तथा प्रवन्ध निर्देशक पनि हुन् ।






लेखकको सम्वन्धमा