विनोद शाही मृत्यु प्रकरण : अछाम सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा

अछाम : जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ। विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको हो।
जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ।
निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्नरनगराउन भनिएको छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले बताएको छ।
अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनका कारण अछाम तनावग्रस्त बनेको छ । यस क्रममा प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दा १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताएका छन् ।
जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ।
अछाम प्रहरी प्रमुख डीएसपी डांगीले अहिले मेयर चलाउनेलगायतको बयानको क्रम जारी रहेको बताएका छन् ।





प्रतिकृया दिनुहोस्