बझाङमा कुटपिटबाट एक जनाको मृत्यु
- Eraibar
- २०७८ मंसिर १२, आईतवार ०९:२०
- 116 Shares

बझाङ, मंसिर १२ (ई-रैवार)
बझाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको हो ।
सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेको प्रहरीले जनाइएको छ ।
घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
- दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
- प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’
- राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद
- दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा
- विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने
-
सुदूरपश्चिमको बजेट कार्यान्वयनको बाटो खुल्यो, कर्मचारीलाई शुक्रबारसम्म तलब खुवाउने तयारी
२०८३ आश्विन २९, बिहीबार १३:२३ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता कायमै, ४५ जनाभित्र को-को परे ?
२०८३ आश्विन २९, बिहीबार ०९:४८



प्रतिकृया दिनुहोस्