April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने

धनगढी, कार्तिक ६ (ई-रैवार)

नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने भएको छ । नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमको जहाँजले आइतबारदेखि उडान भर्न लागेकोे हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिए सगै आइतबारदेखि उडान भर्न लागेको बताइएको छ ।

पहिलो उडान आइतबार बिहान वायुसेवा निगमको टुइटर जहाँजले धनगढी-डोटी उडान भर्ने धनगढी विमानस्थका प्रमुख रामकृण भट्टले बताएका छन् । १८ सिट क्षमताको उक्त जहाँले पहिले उडान डोटी गर्ने कार्यक्रम तय भएको भट्टले बताए ।

डोटी उडान गर्न चाहनेहरुको लागि अहिले बिमानस्थलले नाम दर्ता गरिरहेको र भोली नै निगमबाट कर्मचारी आएपछि नै टिक काट्न सकिने भट्टले बताए ।

नेपाल वायुसेवा निगमका जहाँजले दैनिक सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने छ । आइतबारबाट कैलालीको धनगढी बिमानस्थलबाट जहाँज उडानका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।