शिखर काफली सेवा समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

धनगढी असोज २२(ई–रैवार)
शिखर काफली सेवा समाज कैलालीले बडादशैँ, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा कार्यक्रमको आयोजना गरिएको हो ।
साविकको डोटीको मुडभारा गाविस घर भई धनगढीमा रहेर बसोबास गरिरहेका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले यो समाजको स्थापना गरेर विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।
सोही समाजका अध्यक्ष अध्यक्ष बिष्णु महराको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा शुभकामना आदानप्रदानबाहेक सो समाजको विकास, समाजमार्फत सामाजिक क्षेत्रमा गर्नसकिने कामहरु लगायतका विषयमा छलफल भएको सो समाजका सचिव शैलेश्वरी बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल जगन्नाथ जोराले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथी कृष्ण बहादुर महरा थिए । कार्यक्रममा समाजका अन्य सदस्यहरुको पनि सहभागिता थियो ।





प्रतिकृया दिनुहोस्