September 22, 2026, Tuesday
२०८३ आश्विन ६

सुदूरपश्चिम प्रदेश सरकारद्वारा तीन स्रष्टा सम्मानित

कञ्चनपुर, असार ३० (ई–रैवार)

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

मन्त्रालयले भाषा, संस्कृति, साहित्य, नाट्य, सङ्गीत, ललितकलालगायत विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सुदूरपश्चिम प्रदेशको छवि उच्च पार्न महत्वपूर्ण योगदान पु¥याउने तीन श्रष्टालाई सम्मान गरेको हो।

सम्मानित हुनेमा साहित्यतर्फ डोटीको गडसेराका यज्ञराज जोशी (यात्री), संस्कृतितर्फ बैतडीको मेलौलीका हरिप्रसाद जोशी र सङ्गीततर्फ बझाङ थलाराका नरेन्द्रराज रेग्मी छन्।

सुदूरपश्चिम प्रदेश प्रमुख अर्जुनबहादुर थापा र सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उनीहरुलाई जनही ७५ हजार सहित दोसल्ला र खादा ओढाएर सम्मान गरेका हुन्।

विसं २०३० देखि यात्री साहित्य क्षेत्रमा संलग्न रहँदै आएका छन्। विसं २०४८ देखि जोशी निरन्तर रुपमा संस्कृति जगेर्ना गर्ने कार्यमा संलग्न छन्। त्यस्तै रेग्मीले विसं २०४५ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील रही योगदान दिँदै आएका छन्।

प्रतिभा सम्मान तथा पुरुस्कार कार्यविधि २०७७ बमोजिम प्रतिभावान् व्यक्तिको छनोट गरी सम्मान गरिएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत धर्मराज जोशीले बताए। रासस