April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

धनगढी, जेठ ३ (ई-रैवार)  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिर्पोट पोजेटिभ आएको कुँवरले बताए ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उनले बताए ।