April 18, 2026, Saturday
२०८३ बैशाख ५

बोगटान जीप दुर्घटनाः मृतकको संख्या चार पुग्यो

डोटी मंसिर २१(ई-रैवार)
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यू भएको छ । चारजना घाईते भएका छन् ।
दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटना राती करिब १ बजेतिरको हो ।
दुर्घटनामा परी चारजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि बाटोमा ल्याउदैगर्दा मृत्यु भएको हो ।
बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–७ मा कार्यरत वडासचिव २७ वर्षिया मञ्जु त्रिपाठी, उहाँकी ५५ वर्षिया सासुआमा(नाम नखुलेको), र ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिँह गाउँपालिका–४ का ४० हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रदेव मल्लले जानकारी दिए ।
मृतक वडासचिव त्रिपाठीका चार वर्षिय छोराको पनि उपचारका लागि बाटोमा ल्याउदैगर्दा मृत्यु भएको छ । यद्यपी यो खबरलाई जिल्ला प्रहरी कार्यालले पुष्टि गरेको छैन् । मृत्यु भएको खबर आएको भने प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । उनले अस्पताल पु¥याएपछि भन्न सकिने बताए ।
घाईते हुनेहरुमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन् ।
दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका शेरबहादुर बमले जानकारी दिए ।
चालकसहित पाँचजना घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ ।
जीपमा चालकसहित आठजना सवार रहेको बुझिएको छ ।