सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ४५ पुग्यो

धनगढी, कार्तिक ४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा ७ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ८४ जनाको स्वाव परिक्षण गरिएकोमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकार दिए ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी कैलालीका १९ जना, जानकी गाउँपालीकाका ४ जना, गोदावरी र टिकापुरका ३/३ जना,भजनी र लम्कीचुहाका १/१जनामा संक्रमण पुष्टी भएको छ ।
कञ्चनपुरको बेदकोटका ६ जना, भिमदत्त र लालझाडीका ३/३जना,शुक्लाफटा र कृष्णपुरका १/१ जना रहेका छन् ।
दार्चुलाको दुुहुका १ र डडेल्धुराका १ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा ७३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार डडेल्धुराको अमरगढीका ५ जना, गन्यापधुराका १ र बैतडीको डिलाशैनीका १ जनामा संक्रमण पुष्टि भएको छ
अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएकोे प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । कोरोना पुष्टि हुनेमा साँफे नगरपालिकामा २ महिला र ८ पुरुष रहेको उनले बताए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १४५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ४ जना र आदर्श आदर्श गाउँपालिका ४ जना गरी ८ जनामा कोरोना संक्रमण भेटिएको बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ४५ पुगेको छ भने कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ।





प्रतिकृया दिनुहोस्