सेती प्रादेशिक अस्पतालको थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २७ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ४८ जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कैलालीका २९ जना, कञ्चनपुरका ५ जना, दार्चुलाका १ जना र डडेल्धुराका १ जना गरि ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ र ५ का ५–५ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ३ का ३ जनामा, वडा नम्बर ४, १२, १३ र १५ का २–२ जना, वडा नम्बर ६ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै कैलालीको लम्कीचुहा र गौरीगंगाका १–१ जना र कैलालीको स्थानीय तह नखुलेका १ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
कञ्चनपुरको कृष्णपुरका २ जना, महाकाली, पुर्नवास र भिमदत्तका १–१ जनामा संक्रमण पुष्टी भएको छ । दार्चुलाको नौगाड र डडेल्धुराको अजयमेरु गाउँपालीकामा १–१ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।






प्रतिकृया दिनुहोस्