बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

बझाङ, असोज १५ (ई-रैवार)
बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको आठ दिनपछि दाहसंस्कार गरिएको छ। बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरिएको आठ दिनपछि बुधबार दाहसंस्कार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन्। शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताएका छन्।
मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।
रासस





प्रतिकृया दिनुहोस्