April 18, 2026, Saturday
२०८३ बैशाख ५

बझाङमा २५ किलो चरेससहित दुई जना पक्राउ

बझाङ, असोज १५ (ई-रैवार) 

बझाङमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २५ किलो चरेससहित  बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी  र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो ।

बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित  बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी  र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चरेससहित पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ। उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।