बझाङ जिल्लाको प्रयोगशालामा थप २० जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन ११, आईतवार १४:४५
- 45 Shares

बझाङ, असोज ११ (ई–रैवार)
जिल्ला अस्पताल बझाङको प्रयोगशाला थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ५९ नमुना मध्ये २० जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले २० जना नयाँ संक्रमित र फ्लोअपमा रहेका अन्य ४ जनामा पनि फेरी संक्रमण देखिएको बताएका छन ।
प्रयोगशाला इन्चार्ज खड्काले जिल्ला प्रहरी कार्यालय बझाङका १ जना, खप्तडछान्ना गाउँपालिकाका २ जना, तलकोट गाउँपालिकाका १ जना र मष्टा गाउँपालिकाका १६ जना नयाँ संक्रमित र ४ जना फ्लोअपमा रहेका व्यक्तिहरुको कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
परिक्षण गरिएका मध्ये १ सय ३५ जनाको नतिजा नेगेटिभ आएको प्रयोगशाला इन्चार्ज खड्काले बताएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्