बझाङ जिल्लाको प्रयोगशालामा थप २० जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन ११, आईतवार १४:४५
- 46 Shares

बझाङ, असोज ११ (ई–रैवार)
जिल्ला अस्पताल बझाङको प्रयोगशाला थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ५९ नमुना मध्ये २० जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले २० जना नयाँ संक्रमित र फ्लोअपमा रहेका अन्य ४ जनामा पनि फेरी संक्रमण देखिएको बताएका छन ।
प्रयोगशाला इन्चार्ज खड्काले जिल्ला प्रहरी कार्यालय बझाङका १ जना, खप्तडछान्ना गाउँपालिकाका २ जना, तलकोट गाउँपालिकाका १ जना र मष्टा गाउँपालिकाका १६ जना नयाँ संक्रमित र ४ जना फ्लोअपमा रहेका व्यक्तिहरुको कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
परिक्षण गरिएका मध्ये १ सय ३५ जनाको नतिजा नेगेटिभ आएको प्रयोगशाला इन्चार्ज खड्काले बताएका छन ।
- बिहीबारदेखि मौसम बदली : देशभर वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्कता
- एनपीएल तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
- कोजाग्रत पूर्णिमा मनाइयो, महालक्ष्मीको पूजा गर्दै दसैंलाई बिदाइ
- एनपिएलको महाकुम्भ आजदेखि : वार्नरदेखि रसेलसम्म नेपाली मैदानमा, डिआरएस र आईसीसी मान्यताको नयाँ अध्याय
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७



प्रतिकृया दिनुहोस्