March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर २ करोड ९४ लाख कोरोना संक्रमित, ९ लाख ३२ हजारको मृत्यु

काठमाडौ, भदौ ३० (ई-रैवार)

विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ ।

यस्तै एकै दिन थप ४ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४ सय २२ पुगेको छ ।

एकै दिन २ लाख ४७ हजार ९ सय ८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३ सय ४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ९ सय १३ जनाको मृत्यु भएको छ । ४१ लाख २५ हजार ४ सय १८ जना संक्रमित भएकोमा २२ लाख ५५ हजार १ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९० हजार ६ सय १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८० लाख ३८ हजार ९ सय ७० पुगेको छ । त्यसमध्ये ४९ लाख २८ हजार २ सय १७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६६ हजार १ सय ४४ जनाको मृत्यु भएको छ । ८७ लाख १७ हजार ८० जना संक्रमित भएकोमा ७० लाख ६१ हजार ७ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार २ सय ६७ जनाको मृत्यु भएको छ । ७१ लाख ५९ हजार १ सय ६ जना संक्रमित भएकोमा ५८ लाख ९० हजार ३ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ८ सय ४९ जनाको ज्यान गएको छ भने १३ लाख ६६ हजार १ सय ३८ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख १० हजार ९ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८ सय ५० जनाको मृत्यु भएको छ । ३० हजार १ सय ५८ जना संक्रमित भएकोमा २६ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन् ।