November 1, 2026, Sunday
२०८३ कार्तिक १६

भारतमा कोरोना संक्रमितको संख्या साढे ४९ लाख नाघ्यो, एकैदिन ८१ हजारमा संक्रमण

काठमाडौ, भदौ ३० (ई-रैवार) 

भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९ सय १४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८ सय ६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८ सय ८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।