जनप्रतिनिधिको क्षमता बढाउन अन्तरक्रिया, सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयताको औचित्यमाथि प्रश्न उठिरहेका बेला सरकारहरुले इमान्दारितापूर्वक वित्तीय सुशासन कायम गर्दै जनताको सेवा गर्नुपर्ने बताएका छन् । धनगढीमा दुईदिनसम्म चलेको स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।‘जनताको सुशासन र विकासको चाहना विगतका व्यवस्थाले पूरा गर्न नसकेकैले संघीयतामा मुलुक गएको हो…






