April 18, 2026, Saturday
२०८३ बैशाख ५

काँग्रेस संसदीय दलद्वारा विपद् व्यवस्थापनमा प्रभावकारी बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण

धनगढी, भदौ २३ (ई-रैवार)

विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना महामारी,बाढी, पहिरो लगायतका अन्य विपदले महामारीको रूप लिँदै गइरहे पनि व्यवस्थापनमा प्रदेश सरकारको भूमिका प्रभावकारी नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलले  प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

मुख्यमन्त्री कार्यालयमै मगलवार पुगेर प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेशको संसलिय टोलीले प्रदेश सरकार मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको प्रमुख प्रतिपक्ष दलका नेता डा. रणबहादुर रावलले बताएका हुन ।

यस बिषयमा आज मुख्यमन्त्री कार्यालयमै पुगेर प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेशको संसदिय टोलीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छौ, नेता डा. रावलले भने – विपद् व्यवस्थापनमा गम्भीर बन्न र बाढी, पहिरो पीडितहरूलाई तत्काल राहत, क्षतीगस्त भएका संरचनाहरूको निर्माण र घाइतेको यथाशीघ्र उपचारमा ध्यान दिन आग्रह समेत गरेका छौ ।

प्रदेश सरकारको लाचारताका कारण कोरोनाको सङ्क्रमण फैलिँदै गएको भन्दै प्रदेश सासंद भरत खड्काले तत्काल परीक्षणको दायरा बढाइनु पर्ने बताए । सुदूरपश्चिम प्रदेशका चारवटै नाकामा होल्डीङ सेन्टर स्थापना गर्न पनि प्रदेश सरकारलाई सुझाव दिएको सासंद खड्काले बताएका छन ।

मुख्यमन्त्री भट्टले भने विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेको दाबी गरे । बाढी, पहिरो पीडितको स्थलगत अनुगमनगरी क्षतिको सङ्कलन र राहत वितरण भइसकेको छ मुख्यमन्त्री भट्टले भने– बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको दिर्घकालिन व्यवस्थापनका लागी बस्ती विकास कार्यक्रममा जोड दिइने छ ।

कोरोना व्यवस्थापनमा पनि प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको बताउदै मुख्यमन्त्री भट्टले परीक्षणको दायरा बढाउन प्रदेश सरकारले प्रदेशका ३ ठाउँमा पिसिआर मेसिन स्थापनागरि संचालनमा आएको र थप ३ ठाउँमा जडानको तयारी भइरहेको बताए ।

मुख्यमन्त्री भट्टले योजना बाँडफाँडमा कुनै विभेद नभएको बताए । कोरोनाले रोजगारी गुमाएकाहरूलाई अवसर प्रदान गर्न सरकारको ध्यान अहिले केन्द्रित भइरहेको भन्दै मुख्यमन्त्री भट्टले केही सम्बन्धित मन्त्रालयहरूले पनि सोही अनुसार काम गरिरहेको बताएका छन ।