April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

 

डडेल्धुरा, भदौ २० (ई-रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा  १ सय १० जनाको स्वाबको नमूना परीक्षण गर्दा सबै जना बझाङ जिल्लाका रहेका हुन ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार सबैभन्दा बढि बझाङको केदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका ४ र छब्बीपाथिभरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भेटिएको हो ।

यो संगै बझाङमा संक्रमितको कुल संख्या ४ सय ३७ पुगेको छ भने सक्रय संक्रमितको संख्या १ सय २४ पुगेको छ