सुदूरपश्चिम प्रदेशमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ९ सय ३ पुग्यो

धनगढी, भदौ १४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका एक सय जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको परीक्षण गरिदाँ ४० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीको गोदावरी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलारी गाउँपालिकामा ज्ञ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण हुदा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र शैल्यशिखर नगरपालिकाका १ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको छ ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन । उनका अनुसार पुर्वीचौकी गाउँपालिका –६ का ८ जना, सोही गाउँपालिकाको वडा नम्बर ७ का १ जना, सायल गाउँपालिकाका १ जना र दिपायल सिलगढी नगरपालिका ४ का १ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय घ पुगेको छ। संक्रमित मध्ये ४ हजार ८ सय ४० जना निको भएर डिस्चार्ज भएका छन । भने सुदूरपश्चिम प्रदेशमा १४ जनाको मृत्यु भइसकेको छ ।





प्रतिकृया दिनुहोस्