April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ३६ जना कोरोना संक्रमिण पुष्टि, संक्रमितको संख्या ५ हजार ६ सय ९४ पुग्यो

 

धनगढी,  भदौ ११ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कारोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १९ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, शिवनाथका ५, मेलौलीका ३ र डिलासैनीका १, डोटीको जोरायलका १ र बझाङको जयपृथ्वी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका ९ र धनगढी उपमहानगर पालिकाका ३ जनामा संक्रमण देखिएको हो ।

धनगढीमा १ जना ५ बर्षीया बालिका, १ जना २९ बर्षीया महिला र १ जना ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्वर ३ का २ बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

डोटी अस्पतालको प्रयोगशालामा ५ जनामा संक्रमण पुष्टि भएको छ । शिखर नगरपालिका वडा नम्वर ४ का ४ जना र वडा नम्वर ३ का १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९४ पुगेको छ । संक्रमण पुष्टि भएका ४ हजार ७ सय बढिले कोरोना जितेका छन भने अहिले सम्म १४ जनाको मृत्यु भईसकेको छ ।