April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना पुष्टि, मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

 

धनगढी, ७ भदौ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

२४ वर्षीयfसवारी चालक मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन्। उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिह ओलीले जानकारी दिएका छन् ।

चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

सवारी चालकमा कोरोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

‘चालकमा कोरोना पुष्टि भएपछि उहाँ सेल्फ आईसोलेसनमा बस्नुभएको छ।’ मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले भने, ‘स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ।’

२३ वर्षीय चालक मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका छन्। उनी मुख्यमन्त्रीसँगै उनको परिवार सहित केही दिन अघि डोटी पुगेर फर्किएका थिए ।

मुख्यमन्त्री सहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी मुख्यमन्त्रीका स्वकीय सचिव ओलीले जानकारी दिएका छन् ।