April 18, 2026, Saturday
२०८३ बैशाख ५

बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

 

काठमाडौं, साउन २५ (ई-रैवार)

सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ । परारष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बुद्धकाको जन्मभूमीबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान भारतीय भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको परारष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

परराष्ट्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्ध नेपालमा जन्मिएको भन्‍नेबारे उल्लेख गरिएको बताउँदै भनिएको छ, “सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भन्‍नुभएको थयो कि – ‘नेपाल एक त्यस्तो देश हो, जहाँ विश्वमा शान्ति फैलाउने  बुद्धको जन्म भएको थियो’ ।”

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय भएको अभिव्यक्ति दिएको विषयमा सञ्‍चारमाध्यमको प्रश्‍नको जवाफमा परराष्ट्र मन्त्रालयले भनको छ, “यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।”

“यो ऐतिहासिक र पुरातात्विक तथ्यहरुले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो,” परराष्ट्रको विज्ञप्तिमा थप भनिएको छ, “लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मको सुरुआत भएको थलो र युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत स्थलहरु मध्ये एक हो ।”

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका थिए । उनले भनेका थिए, “हामीले महान भारतीय भनेर चिन्‍ने गौतम बुद्ध र महात्मा गान्धीलाई नै हो । हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।”