April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा ५ जनामा संक्रमण

 

धनगढी, श्रावण २२ (ई-रैवार) 

नेपालमा बिहीबार थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरेको परिक्षणमा ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ । बिहीबार थप २ सय ३३ जना डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिममा ५ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरा प्रयोगशालामा ५ सय ६४ जनाको कोरोना परीक्षढण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप दुई जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा तीन सय ७५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र अछामको साँफेवगर नगरपालिकाका २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ र एक सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

डडेल्धुरा अस्पतालका ईन्चार्ज भुषालका अनुसार डोटीको सायल गाउँपालिका –१ का २८ वर्षीय पुरुष र १० वर्षीय बालिका गरी दुई जना र बैतडीको मेलौली नगरपालिका –७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। आज पाँच जनाा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८६ पुगेको छ।