March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीति पारित, ऋण तिर्ने समय थप

 

 काठमाडौं, साउन २ (ई-रैवार)

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७ – ०७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित भएको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि दुई वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । बाढी प्रभावितले बढी सुविधा पाउनेछन ।

यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म र्पुयाउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ । मौद्रिक नीतिले पुनर्कर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ । मौद्रिक नीतिले पुनर्कर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन ।

त्यसैगरी सवारीसधानको कर्जामा पनि केही हेरफेर हुने छ भने घरकर्जामा पनि केही हेरफेर हुने देखिएको छ । मौद्रीक नीति केहिबेरमा सार्वजानिक हुनेछ । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने गरी मौद्रिक नीति आउँदै छ ।