हिन्दू महासंघका उपाध्यक्ष साउँदद्वारा शिवांशको उपचारका लागी ५५ हजार सहयोग

धनगढी, साउन १ (ई-रैवार)
कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारमा हिन्दू महासंघले ५५ हजार सहयोग गरेको छ । जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारमा सहयोगार्थ हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सना साउँदले ५५ हजार सहयोग गरेकी हुन ।
बिहिबार साउँदले शिवांशका बुवा महेशप्रसाद अवस्थीलाई ५५ हजार नगद हस्तान्तरण गरेकी हुन। साउँदले शिवांश उपचारमा सहयोग होस् भनेर अवस्थीलाई आर्थिक सहयोग गरेको बताएकि छन ।
बैतडीस्थित रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको भारतको चेन्नइस्थित एक अस्पतालमा कलेजो प्रत्यारोपण पछि उपचार भईरहेको छ। शिवांशलाई अहिले अस्पतालको निगरानीमा राखिएको शिवाशंका बुवा महेश अवस्थीले बताएका छन ।
शिवांशको उपचारमा लागेको खर्च मध्ये अस्पातलको केही रकम बुझाउन बाँकी रहेको पनि अवस्थीले बताए । विभिन्न ठाउँबाट प्राप्त सहयोगले शिवांशको कलेजो प्रत्यारोपण सम्भव भएको बताउँदै अवस्थीले अझै पनि सहयोगको खाँचो रहेको बताए छन ।





प्रतिकृया दिनुहोस्