April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा आज १ सय १६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

धनगढी,  असार ३० (ई-रैवार) 

नेपालमा आज १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि  मध्ये धनुषामा २१, महोत्तरीमा १९ र अछामका १४ जना रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३, सिरहाका, सुनसरी र तेह्रथुमका १–१ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ जना, महोत्तरीका १९ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्सा र धनुषाका २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गोर्खा र नुवाकोटका १–१ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासीपूर्वका २, रौतहट र सिन्धुलीका १–१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका २ जना र ओखलढुंगाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा गोर्खा, कैलाली, काठमाण्डौं, पाल्पा, सिन्धुपाल्चोक र सुर्खेतका १्१ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३ जना, भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका १, रोल्पाका ३, बर्दियाका १ दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना, जुम्लाका ४ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका २, कन्चनपुरका १ र कैलालीका ४ जना गरी आज जम्मा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १ सय १६ जनासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ । जसमा १० हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन । बाँकी ६ हजार ६ सय ९५ जना देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचारत रहेको मन्त्रालयद्धारा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

आज सुदूरपश्चिममा २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ९ सय ५६ पुग्यो

सुदूरपश्चिममा आज थप २० जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात र शिक्षण अस्पतालको प्रयोगशालामा एक गरी आज २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा आज अछाम जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

यता सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीमा गरिएको परीक्षणमा आज सात जनामा कोरोना पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना पुष्टि भएको उनले बताए।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ बर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ५६ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार पाँच सय १३ जना डिस्चार्ज भईसकेका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।