बाजुरामा बगेर बेपत्ता भएका किशोरको शव अछाममा भेटियो

अछाम, असार २५ (ई-रैवार)
बाजुराको बुढीगंगा नदीमा बगेर बेपत्ता भएका एक किशोरको शव चार दिन पछि भेटिएको छ ।
असार २२ गते बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीस्थित बुढीगंगा नदीमा बगेर बेपत्ता भएका १९ वर्षीय किशोर थापाको शव भेटिएको छ। शव चार दिनपछि अछामको ठाँटी नजीकैको खोला किनारमा फेला पारेको प्रहरीले जनाएको हो ।
स्थानीयले नदी किनारमा वेवारिसे शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले पहिचान पश्चात उक्त शव थापाको रहेको जनाएको छ। बेपत्ता भएका प्रताप थापाको खोजीका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्रको गोताखोर टोली बुधबार बाजुरा आइपुगेको थियो। गोताखोरले द्धारीको बुढीगंगा नदीमा खोजी गरिरहेका भएपनि पानीको बहावका कारण उक्त शव बगाएर अछाम पुर्याएको प्रहरीले जनाएको छ।
शवको मुचुल्का बनाएर आफन्तलाई बुझाउने तयारी गरिरहेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए। गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा थापा बेपत्ता भएका थिए।





प्रतिकृया दिनुहोस्