April 18, 2026, Saturday
२०८३ बैशाख ५

भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

-अरूण बम



जब बर्षाले
फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ,
तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन्
थरीथरीका रुप–प्रारुपहरुमा
थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन्
सिङ्गो फाँटैभरी ।
अनि बन्छ खप्तड–भूईफुलको देश !
………………………………


यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन पाटन र फुलहरुसंग मितेरी गाँस्न विवस हुन्छन् ।

भुल्छन उकालो बाटाभरी संगालेका थकानमा धर्साहरु र भुलाउछन ससारिक जीवनका अनेकन दुखहरु । जव आँखाअगाडी फैलिन्छ फुलैफुलको संसार ।

हिउँदमा हिउँफुलले ढाकिने खप्तडमा असार वर्षिन थाल्दा भूँईफुलले ढाकिन्छ ।

खप्तड राष्ट्रिय निकुञ्जका अनुसार यसरी यो सिजन खप्तडमा एकसय ३५ थरीका फुलहरु भूँईफुलहरु फुल्दछन् । चमेली, जाई, जुई, सुनगाँभा, सुन जाई ,ईन्द्रकमल, लगायत हिन्द कुश क्षेत्रमा पाईने अधिकांश फुलहरु खप्तडमा पाईन्छन् ।

खप्तडका प्रमुख पाटनहरु घोडा दाउने, खप्तडी पाटन लगायतका पाटनहरु तथा विभिन्न दहहरुमा यी फुलहरु देख्न पाईन्छ । २२५ वर्गकिमिमा फैलिएको राष्ट्रिय निकुञ्जको क्षेत्रमध्ये करिब ३८ बर्ग किलोमिटर क्षेत्रमा यी फुलहरु बाक्लै मात्रामा देख्न पाईन्छ ।

 

 

तस्बिर स्रोतः दीपकबहादुर खड्का ।