क्वारेन्टीनमै बुवाको किरियामा बसे बैतडीका एक युवक

बैतडी असार ५(ई-रैवार)
बैतडी दोगडाकेदार गाउँपालिकाका एक युवा क्वारेन्टीनमै बुवाको किरया बसेका छन् । दोगडाकेदा गाउँपालिका-७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरियामा बसेका हुन ।
भारतबाटचार दिनअघि फर्केर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा थिए । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि मृत्यु भएकाले उनले क्वारेन्टिनमै किरिया सुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनलाई गाउँपालिकाको क्वारेन्टिनमा ल्याइएको थियो ।
घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए। भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनानुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।
लीलाधरको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका-७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए ।





प्रतिकृया दिनुहोस्