एनपीएल : सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो फिल्डिङ
- Eraibar
- २०८३ कार्तिक २१, शुक्रबार १२:३२
- 6 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
यस खेलसँगै दक्षिण अफ्रिकी स्टार ब्याटर डेभिड मिलरले एनपीएलमा डेब्यु गर्दैछन्। मिलरको आगमनसँगै सुदूरपश्चिमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।
-
सुदूरपश्चिम प्रदेशको बजेट बेथिति : छानबिन समिति बनेन, प्रतिवेदनको म्याद सकिँदै
२०८३ कार्तिक २०, बिहीबार १०:५४ -
देउवा समूहको डडेल्धुरामा अधिवेशन, जोशी सभापति बन्ने सम्भावना
२०८३ कार्तिक १५, शनिबार १५:४७ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौनसम्पर्क जबरजस्ती करणी हुँदैन’
२०८३ कार्तिक १४, शुक्रबार १५:३१



प्रतिकृया दिनुहोस्