डोटीको जोरायलमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना, ९ जना घाइते

डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब पौने ९ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए।
दुर्घटनामा घाइते भएका ९ जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाएको जनाएको छ। घाइतेहरूको परिचय र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्