October 25, 2026, Sunday
२०८३ कार्तिक ९

जिल्ला अस्पताल डोटीको शौचालयमा अहेब मृत भेटिए

डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–६ का ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान करिब ११ बजे अस्पतालको शौचालयमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले बोगटी शौचालयमा मृत फेला परेको जानकारी दिए । उनका अनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।

जिल्ला अस्पताल डोटीले भने बोगटी शौचालयमा अचेत अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।